राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । आज नै नतिजा सार्वजनिक गर्ने भएको छ । आज अपराह्न ५ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दीए ।

आज ५ बजे परीक्षा बोर्डको बैठक बस्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।

साउन १९, २०८२, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर