विराटनगर । नेपाली सुगम संगीतमा डेढ दशकदेखि अभ्यासरत गायक कुमार दवाडीले मातातिर्थ औंशीको अवसरमा नयाँ भक्ति संगीत ‘माता पाथिभरा’ सार्वजनिक गरेका छन् । यो भजनमा पाथिभरा माता ‘मुक्कुमलुङ’ लाई समर्पित गरिएको छ ।
अमेरिका निवासी नैना बरालको प्रस्तुतिमा रहेको यो भजन उनकी आमा नरमायाँ बराललाई समर्पित गरिएको छ। भजनका शब्द नीर भिमले लेखेका छन् भने संगीत दिपक भट्टराईले दिएका छन् ।
भिडियोमा ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको मन्दिर र त्यस क्षेत्रका सुन्दर प्राकृतिक दृश्यहरू समावेश गरिएको छ। भिडियोको निर्देशन युवराज वाईवाले गरेका हुन् ।
यसअघि कुमारले ‘जिन्दगी प्यारो लाग्छ ’र ‘नबोलि जित्छौ तिमी’ बोलका दुई गीत र म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्। नयाँ भक्ति संगीत पनि उनको आफ्नै युट्युब च्यानल कुमार दवाडी मार्फत सार्वजनिक गरिएको हो ।
कुमार दवाडीको यो नयाँ प्रस्तुतिले नेपाली भक्ति संगीतको क्षेत्रमा उनको विविधतापूर्ण प्रतिभालाई देखाएको छ ।