शेयर बजारमा दोहोरो अंकको गिरावट

विराटनगर । शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । लगातार ३ दिनको वृद्धिपछि आज दोहोरो अंकको गिरावट देखिएको हो ।

मंगलबार नेप्से परिसूचक १४ दशमलव ०८ अंकले घटेर १७१५.९१ बिन्दुमा कायम भएको छ ।

८ अर्ब ९१ करोड बराबरको कारोबार हुँदा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीमा गिरावट आएको छ । ९ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

लोक्याप विकास बैंकहरूमा सबैभन्दा बढी गिरावट आयो । ३ वटाको मूल्य १० प्रतिशतले घट्दा एउटामा ९।९ प्रतिशतको गिरावट देखियो

समूहगत रुपमा पनि विकास बैंक सबैभन्दा बढी गिरावट आउने समूहका रूपमा रह्यो । जलविद्युत र अदर इन्डेक्समा मात्र सामान्य वृद्धि देखियो ।

मङ्गलबार, २२ माघ, २०८१, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर