बस्नेतद्वारा खेलकुद संरचनाको अनुगमन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले (पर्शुराम) पाँचथर जिल्ला स्थित रंगशालामा निर्मित प्याराफिटलगायत संरचनाको अनुगमन गरेका छन् ।

बस्नेतले आइतबार प्याराफिट, रंगशाला बाहिर निर्माणाधीन सटरहरूलगायत जिल्ला खेलकुद विकास समितिको भवन निर्माण स्थलको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

खेलकुद विकास बोर्डका कार्यलय प्रमुख कालिदास भट्टराईले बोर्डले सदस्य सचिव बस्नेत नेतृत्वको टोली कोशी प्रदेशको पहाडी जिल्ला ताप्लेजुङमा बोर्ड मातहातका कार्यलय र संरचनाको अनुगमन तथा निरीक्षण सकेर पाँचथर आएर अनुगमन तथा निरीक्षण गरेको जानकारी दिए । पाँचथरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान लगायत विभिन्न खेलका पदाधिकारीसँग जिल्लाका खेलकुद गतिविधि र सम्भावना लगायत दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी लगायतको बिषयमा छलफलसमेत भएको बोर्डले जनाएको छ ।

सोमबार, १२ कार्तिक, २०८१, बिहानको ११:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर