चिया पर्यटनको विकास मुख्यमन्त्री

इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा चिया सम्मेलन गर्न लागिएको जानकारी गराएका हुन ।

कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उनले बताए । २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उनले यसले इलामको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटकलाइ सहजीकरण गर्न कोशी प्रदेशमा पर्यटन प्रहरीको सुरुवात गरिएको बताउदै उनले सूर्योदयमा पनि पोष्ट स्थापना गर्ने जानकारीदिए ।

सूर्योदय नगरपालिकाले नेपालकै सबै पालिकाहरु मध्ये केही विधामा उत्कृष्टता हासिल गर्न सफल भएको भन्दै उनले यसलाई निरन्तरता दिन आग्रह गरेउनले स्थानीय तहको पूँजीगत खर्च बढाउन आवश्यक रहेको समेत बताए ।

नगरपालिकाका मेयर रणबहादुर राईले सुशासन कायम गर्दै विकास निर्माणमा नगरपालिका अगाडि बढिरहेको बताए । उनले सुशासनको मामलामा नगरपालिका प्रदेशमै नमूना रहेको दाबि गरेका छन् ।

मङ्गलबार, १५ साउन, २०८१, साँझको ०७:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर