लोड हुँदैछ...

मेनु

२७ सयले घट्यो सुनको मूल्य

२७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपालमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य दुई हजार ७०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन तोलामा एक लाख ३५ हजार ५०० रुपैयाँ कारोबार भएको छ भने सोमबार सुन तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds