लोड हुँदैछ...

मेनु

कानेपोखरीमा मनाइयो ५९ औं अन्तरास्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवस

कानेपोखरीमा मनाइयो ५९ औं अन्तरास्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवस

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजनामा ५९ औं अन्तरास्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवस कार्यक्रम सम्पन्न्न भएको छ ।

‘सिकौं, आवाज उठाऔं, कार्य गरौ’ भन्न्ने नाराको साथ कार्यक्रमको आयोजना गरिएको न्यायिक समिति सदस्य दुर्गा नेपाली बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मानव अधिकार स्रोत विकास मञ्चका अध्यक्ष उमेश विश्वकर्माले जातीय विभेदलाई अन्त्य गर्नको लागि विभिन्न खालको प्रयत्न भए पनि छुवाछूतको अन्त्य नभएको बताए । जातीय भेदभावको अन्त्य गर्नको लागि राज्यले विभिन्न कार्यक्रमको आयोजना गरेको भएपनि नागरिक सचेत भए मात्र छुवाछुतको अन्त्य हुने उनको भनाइ छ ।

जातीय भेद्भाव अन्त्य गर्नको लागि कानेपोखरी गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको तथा जातीय भेदभाव अन्त्य कानेपोखरीमा गर्ने कानेपोखरी गाउँपालिका राजमती इङ्नामले बताइन् । जातीय भेदभावको अन्त्यको लागि कानेपोखरी लागेको तथा जातीय कानेपोखरी वासीलाई जातीय भेदभाव नगर्न अध्यक्ष इङनामले आग्रह गरिन् । कार्यक्रममा कानेपोखरीका सबै दलित समुदायको प्रतिनिधिमूलक उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।