राष्ट्रियसभा अध्यक्षमा माओवादीले पनि दाबी गर्ने

काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष दाबी गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले राष्ट्रियसभाको अध्यक्ष पदमा दाबी गर्ने बारे छलफल गरेको छ ।

माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभाको सबैभन्दा ठुलो दल भएकाले अध्यक्षमा दाबी गर्ने गरी छलफल भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

गत माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि माओवादीले अध्यक्षमा दाबी गर्न थालेको हो ।

राष्ट्रियसभा निर्वाचनअघि नै काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सहमति शीर्ष तहमा बनिसकेको नेताहरूले दाबी गर्दै आएका थिए ।

तर, कोशी प्रदेशमै काँग्रेसका सिटौला विजयी हुँदा गठबन्धनभित्रकै सांसदले ‘फ्लोर क्रस’ गरेपछि माओवादीकी कार्की पराजित हुँदा यस अघिको सहमति इन्कार गर्ने अवस्थामा माओवादी पुगेको हो।

यही ५ सांसद जितेको माओवादी केन्द्र आगामी फागुन २१ पछि १८ सिटका साथ राष्ट्रियसभाको पहिलो दलको हैसियतमा रहने भएको छ।

मङ्गलबार, २३ माघ, २०८०, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर