‘एक पेशामा अनेक प्रतिभा’

 रामखेलोन मेहता

पवित्र पेशामा लागेका एक पूर्ण प्राविधिक दक्ष जनशक्तिले आफ्नो पेशाको सफतासँगै समाजलाई सजग एवं जागरुक बनाउन कलम चलाउनु सुनमा सुगन्ध थपिनु जस्तै हो । हो, यो कोशी प्रदेशको सम्पन्न र फरक पहिचान स्थापित जिल्ला सुनसरीमा जन्मिनु भएका डा.वालकृष्ण साहले कोशी प्रदेशको राजधानी विराटनगर मात्रको नभई मुलुककै एक चर्चित र प्रतिष्ठित महिला तथा प्रसूति रोग विषेशज्ञद्वारा लिखित पुस्तक “गर्भको गर्व” एक पुस्तकमात्र नभई नेपाली समाजको ऐना, भौगोलिक चित्र, स्वास्थ्य डायरी तथा महिलाको व्यथा र उक्त व्यथाको मलहमरुपी औजार पनि हो ।

यसका प्रत्येक नौं पाठले फरक–फरक परिवेश तर क्रमसँगत घटना तथा महिलाको सामान्य स्वास्थ्य अवस्था एवं जटिलता सम्बन्धी विषय वस्तुहरु महिनावारी, गर्भपतन, निःसन्तानपन, इकटोपिक प्रिग्नेन्सी, जेस्टेसनल डायवेटिज, जन्मान्तर, गर्भ योजना, मातृ मृत्यु, आङ खस्नुसमेतलाई बुझ्ने तथा सुल्झाउने बाटो देखाएको पाइन्छ ।

यो पुस्तक एउटा चिकित्सक एवं स्वास्थ्कर्मीले सेवा दिने क्रममा बुझेको जिम्मेवारी, झेलेको जोखिम, शल्यकक्षमा युद्धका क्षणहरु शल्यकक्ष बाहिर कुरुवाका कोतुलता र उपचार सफलता पछिको चिकित्सको आत्मसन्तुष्टी प्रत्येक पाठकले अनुभुत गर्न सकिन्छ । यहाँ एक नारी बाल्यकालदेखि आमाको रुपमा आइपुग्दासम्म उसले के सोच्छिन्, के पाउँछिन्, यसमा हाम्रो समाज कसरी साँक्षी बसेको हुन्छ ? यस्ता कैयौं प्रश्नको उत्तर खोज्न र भेटिएका उत्तर आफ्ना परिवारमा उपयोग गर्न समेत सुझाएकोले “गर्भको गर्व” लाई चेतनाको रचना मान्न सकिन्छ ।
समाजमा रहेको जातीय, धार्मिक, राजनीतिक, आर्थिक र भौगोलिक चिराहरुले जेलिएको हाम्रो समाजमा करुणा, दया, कर्म मार्फत मानव सेवा अझ स्वास्थ्य सेवाको महत्व पुनः स्मरण गराएको पुस्तकले पाठकलाई पटक–पटक भावुकताको सिकार बनाएर सजग बनाउने सँगै भरोसा दिलाएको भेटिन्छ । जहाँ लेखक आफू कुरीति, डर, अपजसको विपक्षमा आफूलाई कायम राख्न सफल रहेकोले नारीलाई सचेत, नारीको अभिभावकलाई जिम्मेवार, स्वास्थ्यकर्मीलाई सेवानिष्ठ, राज्यलाई नागरिकको स्वास्थ्यप्रति प्रतिबद्ध बनाउन बाध्य बनाउने प्रयत्न गरेको छ ।

यो पुस्तक झट्ट हेर्दा नारी सम्मानको महत्वपूर्ण दस्तावेजकोरुपमा देखिए पनि यतिले मात्र यसको गरिमा बुझाउँदैन समग्र मानवलाई यस संसारमा अवतरण गराउने आमाको पीडा, चिकित्सक स्वयमको दुःखबाट उम्रेका खुशीको पल प्राप्त गर्ने गरेको संघर्षबोध पनि अन्तिममा पाठकले स्पष्ट देखन सक्छन् ।

यो “गर्भको गर्व” हरेक पिता, पतिले आफ्नो भूमिका बुझ्न नारीको महानता एवं चिकित्सकको अन्तस्करण थाहा पाउन यो पुस्तक बिना अधुरो रहने भन्न कठिन नहुने मानेकोले पुनः लेखक डा.वालकृष्ण साहलाई यो सामाजिक योगदानको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै आगामी दिनमा मानव जीवनसँग प्रत्यक्ष एवं परोक्ष रुपमा जोडिएका आम चासोका विपषवस्तुहरुलाई यसैगरी हामीमाझ ल्याइदिने अपेक्षासमेत गर्दछ ।

शुक्रबार, २० पुष, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर