काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार बिहान ६ ः ५२ बजे कोल्टी आसपास केन्द्रबिन्दु भई ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गरेको थियो ।

