काठमाडौँ । उपाध्यक्ष रामबहादुर थापा ुबादलुको संयोजकत्वमा गठित कार्यदलले सातै प्रदेशबाट प्राप्त सुझावहरूलाई एकीकृत गरी पार्टी नेतृत्वसमक्ष प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ।
पार्टीभित्र नेतृत्व र संगठनको स्वरूपलाई लिएर आन्तरिक बहस चुलिएपछि तल्लो तहका नेता तथा कार्यकर्ताहरूको सुझाव संकलन गर्न यो कार्यदल गठन गरिएको थियो। कार्यदलले सातै प्रदेशमा पुगेर संगठनको अवस्था, नेतृत्वको प्रभावकारिता र आगामी कार्यदिशाबारे विस्तृत सुझावहरू संकलन गरेको छ।
यसअघि कार्यदलको बैठक असार २२ गतेका लागि तय गरिएको भए पनि विशेष कारणवश स्थगित भएको थियो। स्थगित बैठक छिट्टै बसेर संकलित सुझावहरूलाई अन्तिम रूप दिने र नेतृत्वलाई बुझाउने कार्यदलको तयारी छ।
पार्टीको सांगठनिक संरचनामा सुधार र नेतृत्व चयनको प्रक्रियामा तल्लो तहको भावना समेट्न यो प्रतिवेदन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। कार्यदलले प्राप्त सुझावहरूलाई वर्गीकरण गरी सांगठनिक सुदृढीकरणका लागि ठोस योजना प्रस्ताव गर्ने बुझिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।