विराटनगर । एनएमएसआरए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ विराटनगर (एनएमएसआरए) ले जितेको छ ।
विराटनगरको डिग्री क्याम्सको खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) मोरङलाई ४ विकेटले हराउँदै आयोजकले उपाधि जितेको हो ।
एनसीडिएले दिएको १४४ रनको विजय लक्ष्य पछ्याएको एनएमएसआरएले १४.५ बलमा ६ विकेट गुमाइ पुरा गर्यो । एनएमएसआरएका सरोज बस्नेतले ७२ रनको अर्धसतकीय इङनिङ खेले । प्रशान्त राईले ८ बलमा १६ रन पारी खेल्दा मिथलेस यादवले १३ बलमा १० रनको योगदान दिए । फाइलनको म्यान अफ द म्याच र उत्कृष्ट ब्याटस्मेन पनि सर्वाधिक रन ल्याउने सरोज घोषित भए ।
बलिङमा एनसीडिएले रवि यादव र सुशिलले समान २–२ विकेट लिए । प्रशान्त साह र कमल राहुलले समान १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको एनसिडीएले निर्धारित १५ ओभरमा ७ विकेट गुमाइ १४३ रनमा सीमित भयो । जसमा विशाल चौधरीले २० बलमा ३६ रनको पारी खेल्दा राहुल कमल देवले २५ बलमा ३२ रनको योगदान दिए । असुतोष सिंह र दिपक भगतले समान ११–११ रनको योगदान दिए । एनसिडीएका अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
बलिङमा आयोजक एनएमएसआरएका विशाल चौधरीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । लोमस निरौलाले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अजय मण्डल र विवेक सिंहले समान १–१ विकेट लिए ।
उत्कृष्ट बलरमा आयोजकका विशाल चौधरी, र म्यान सेरिज एनसिडिएबाट कमल देव घोषित भए ।प्रतियोगिताको बिजेता आयोजकले नगद ४१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता भएको एनसीडिएले नगद २५ हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा ८ वटा टिम सहभागिरहेको एनएमएसआरए विराटनगरको अध्यक्ष प्रमोद साहले बताए ।
बिजेता टिमलाई नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका केन्द्रीय कोषाध्यक्ष हिरण्यप्रसाद लुर्इंटेल, विराटनगर अध्यक्ष प्रमोदकुमार साह, नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकालले पुरस्कार वितरण गरेका थिए ।