काठमाडौं । सोमवार वर्षाका कारण रोकिएको नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचको फाइनल खेल शुरू भएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सोमवार युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिएको थियो । आज त्यहीबाट खेल शुरू भएको हो ।
खेलमा नेपालले युएईलाई अलआउट गर्न १ विकेटमात्र बाँकी छ ।
नेपालले सोमवार टस जितेर बलिङ रोजेको थियो ।