पेनाल्टी सुट आउटमा बिर्तामोडलाई हराउँदै बुट्टाबारी फाइनलमा

इलाम । बिर्तामोड युनाइटेडलाई हराउँदै बुट्टाबारी युनाइटेड तेस्रो सन्दुकपुर गोल्ड कपको फाइनल प्रवेश गरेको छ ।

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा सडनडेथ प्रहारमा ३—२ गोल अन्तरले विजयी बन्दै बुट्टाबारी फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टोलीबाट १—१ गोल भएको थियो । खेलको सुरुवाती अग्रता बुट्टाबारीले बनाएको थियो ।

खेलको ५९ औ मिनेटमा प्रदीप बुढाथोकीले सुरुवाती गोल गरेका थिए । ६४ औ मिनेटमा विशाल तामाङले पेनाल्टी मार्फत खेल बराबरीमा ल्याए । त्यसपछिको खेलमा दुवै टोलीबाट गोल नभए पनि निर्णयको लागि पेनाल्टी सुट आउट रोजिएको थियो । बुट्टावारिका निरोज कार्की, प्रदीप बुढाथोकी र विकाश थुलुङले गोल गरे । विशाल दर्जी, दुर्लभ तिवारी र रोमन भुजेलको प्रहार गोलरक्षक रोशन गुरुङले बचाएका थिए । बिर्तामोडका विशाल तामाङ र निशान लामाले गोल गरे ।

कप्तान विक्रम तामाङ र रिजन गुरुङको प्रहार फ्रेममा पर्न सकेन् । दिनेश मुर्मु र सूर्य टुडुको प्रहार गोलरक्षक युवराज पुरीले बचाएका थिए । खेलको म्यान अफ दि म्याच विजेता टिमका गोलरक्षक युवराज पुरी घोषित भए । फाइनल प्रवेशसँगै बुट्टाबारीले फिक्कल युनाइटेडसंग वैशाख १ गते प्रतिस्पर्धा गर्नेछ ।

बुधबार, २९ चैत, २०७९, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर