विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरुवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।
लिग कम नकआउट नियममा सञ्चालीत प्रतियोगिता मङ्गलवार भएको पहिलो खेलमा वाई आरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।
विराटनगर जुट मिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ दशमलव १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीरले विस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेको छ । उने ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौका र १ छक्का हिर्काए । खेलको म्यान अफ द म्याच पनि उनै घोषित भए ।
राष्ट्रिय खेलाडीले भरिपूर्ण आर्मीका हरि चौहानले २६ बलमा ३८ रन बनाए । उनले २ छक्का र ५ चौका हिर्काए । सन्दीपले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रनको पारी खेल्दा उनले २ छक्का र २ चौका हिर्काए ।
बलिङमा वाइआरसीसीका बासपति सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । हरिषले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको वाइआरसीसीले १९ दशमलव ५ बलमा अलआउट भई १५५ रनमा समेटियो । वाइआरसीसीका सोनु अन्सारीले ३७ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । उनले ६ छक्का र ४ चौका हिर्काए । अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाए । उनले २ छक्का र २ चौका हाने । सिद्धान्त लोहनीले १६ बलमा २८ रन रनको पारी खेल्दा अरू कुनै पनि ब्याट्रले दोहोरो अंक छोएनन् ।
बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओवरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । विक्रम सोब, सुमि श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र नरी चौहानले समान १–१ विकेट लिए ।
सोही दिन भएको दोस्रो खेलमा एपीएफले दोस्रो जित हात पारेको छ । आफ्नो दोस्रो खेलमा भारत विहारको राहुल ११ नरपथगञ्जललाई ५ विकेटले स्तब्ध बनाउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
१३९ रनको विजय लक्ष्य पछ्याएको एपीएफले १८ दशमलव ३ बलमा ५ विकेटे गुमाइ पूरा गर्यो । एपीएफका विपिनले ३० बलमा ४४ रनको योगदान दिए । उनले ३ छक्का र ३ चौका हिर्काए । उनी म्यान अफ द म्याच घोषित भए । एपीएफका प्रदीप एरिले २८ बलमा २५ रन पारी खेल्दा प्रज्वल थापाले १० बलमा १७ रन बनाए । सुमित महर्जनले ७ बलमा १३ रन बनाउँदा अमर सिंहले १९ बलमा २२ रन बनाउँदै अविजित रहे ।
नरपथगञ्जका अमन यादवले ४ ओवरमा २१ रन खर्चेर ३ विकेट लिए । अमर चौधरीले ४ ओवरमा १८ रन खर्चेर २ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नरपथगञ्जका १६ दशमलव ३ ओवरमा अलआउट भई १३८ रनमा समेटियो । नरपथगञ्ज अविशेष पाठकले १२ बलमा ४६ रन बनाए । उनले ७ छक्का र १ चौका हिकाए । सानुले २३ बलमा २६ रनको योगदान दिए ।
एपीएफका पुरन विक, तिलक, अमर सिंहले समान २–२ विकेट लिएका थिए ।
पहिलो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै एपीएफले जित दर्ता गराएको थियो ।
बुधबारको पहिलो खेल वाइआरसीसी र नरपथगञ्जबीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा आर्मी र एपीएफ बिच हुनेछ ।