काठमाडौं । दशरथ रंगशालामा भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँगको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। नेपालले
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका छन ।
एरिक विष्टको कर्नरमा अनन्तले हेडर गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए। अनन्तले यसअघि लाओससँगको खेलमा नै गोल गरेका थिए।
त्यसअघि खेलको पाँचौ मिनेटमा आयुष घलानको क्रस नवयुग श्रेष्ठले भेट्न नसक्दा अग्रता बनाउनबाट चुक्यो। १८औँ मिनेटमाा पुजन उपरकोटीको प्रहार पोष्टको माथिबाट आकाशियो।
यो खेलमा एपीएफ फुटबल क्लबका सनिस श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।
दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल र लाओस ६ वर्षपछि भेट भएका हुन्।अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष २ टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।लाओस फिफा वरीयतामा १८७ औं स्थानमा छ भने नेपाल १७५ औं नम्बरमा छ।