विराटनगर । प्रथम इन्डो –नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी ९विसिसिए० भारतको अल इन्डिया वुमन टी –२० क्रिकेट एसोसिएसन पराजित भएको छ । जित सँगै भारतले ४ खेलको श्रृखला १–१ को बराबरीमा ल्याएको छ ।
पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको नेपाली टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको हो ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सबै विकेट गुमाई ९७ रनको सामान्य स्कोर बनाएको थियो । घरेलु टोलीका लागि सम्झना खडकाले २१ रन बनाउँदा कविता जोशीले १८ रन र काजल श्रेष्ठले १२ रनको योगदान दिएन । भारतकी वैदथिया विनोदाले ४ ओभरमा १ मेडन राख्दै ४ विकेट लिइन् ।
उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै कप्तान रुतु भोस्ले ३ विकेट लिँदा भड्ला ममथाले २ विकेट लिइन् ।
जवाफमा ९८ रनकोे लक्ष्य पछ्याएको भारतीय महिला टोलीले १९ दशमलव १ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । भारतकी रिया दरवालले अविजित २१ बनाउँदा रिना रानीले पनि २१ रन बनाइन् । नेपालकी सरस्वती चौधरीले २ विकेट लिँदा सवनव राईले १ विकेट लिइन् ।