विराटनगर । इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ ।
प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टी –२० क्रिकेट एसोसिएसन र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीबिच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगिता ५० ओभरको १ र ३ वटा टी–२० प्रतियोगिता हुने उनले बताए । विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीको तर्फबाट रुबीना क्षेत्रीको कप्तानीमा प्रतियोगिता खेल्नेछन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, आष्मा कर्माचार्य, कविता गौतम, सानु राजवंशी लगायतका अन्तर्राष्ट्रिय महिला खेलाडीहरूले खेल्नेछन् । उक्त प्रतियोगिता विराटनगर ६ स्थित मेल्बन ज्वाला क्रिकेटको खेलमैदानमा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेतासहित वेस्ट ब्याटर, वेस्ट बलर, वेस्ट प्लेयर अफ द टुर्नामेन्ट, वेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेतासहित वेस्ट ब्याटर, वेस्ट बलर, वेस्ट प्लेयर अफ द टुर्नामेन्ट, वेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।