इटहरी गोल्डकप अर्को साता सुरु हुने

विराटनगर । सुनसरीको इटहरीस्थित राष्ट्रिय जागृती क्लबको आयोजनामा आगामी चैत्र ४ गतेदेखि १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुदै आएको गोल्डकप यो वर्ष केहि फरक हुने आयोजक राष्ट्रिय जागृती क्लबर्ले ै जानकारी गराएको हो ।

यो वर्ष आयोजना गर्ने अन्तर्रास्ट्रिय आमन्त्रण इटहरी गोल्डकपलाइ कन्ट्रोल लुब्रिकेटले प्रायोजन गरेको छ । खेलमा बिभिन्न मुलुकहरूसहित ८ वटा टिमले भाग लिने जनाइएको छ । चैत ४ गतेदेखि ११ गतेसम्म चल्ने गोल्डकपमा मछिन्द्र क्लब काठमाडौं, एभिनिएर फुटबल क्लब क्यामरुन, नेपाल आर्मी क्लब काठमाडौं, रोलिङ्ग क्लब झापा, सगरमाथा युथ क्लब मोरङ, कन्चनजङ्घा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगितामा भाग लिइने पत्रकार सम्मेलनमा जनाइएको छ ।

खेलमा बिजेता हुने टिमले नगद १० लाख ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५ लाखसहित मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने म्यान अफ दि म्याच खेलाडीलाइ १० हजार रुपैयाँ नगद प्रदान गरिने जनाइएको छ । इटहरीको रंगशालामा आयोजना हुने गोल्डकपको कुल खर्च ७० लाख ५० हजार रहने आयोजक तथा खेल संयोजक अनुरोध थापाले बताएका छन् । पत्रकार सम्मेलन क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।

आइतबार, २८ फागुन, २०७९, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर