लोड हुँदैछ...

मेनु

टेबुल टेनिस प्रशिक्षक बिकेन थापालाई दोहोरो सफलता

टेबुल टेनिस प्रशिक्षक बिकेन थापालाई दोहोरो सफलता

विराटनगर । टेबुल टेनिस प्रशिक्षक बिकेन थापालाई दोहोरो सफलता हात लागेको छ । गत वर्ष २०२२ को अक्टोबर देखि डिसेम्बर महिनासम्म अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघले कोचिङ, अम्पायरिङ र स्पोर्ट्स एनालिष्ट गरी तीन विधामा विश्वभरि रहेका आफ्ना सदस्य राष्ट्रका नेशनल एसोसिएसनबाट यिनै तीन विधामा आवेदन माग गरेको थियो ।

निवेदक बिकेन थापालाई महासंघले कोचिङ विधातर्फ छनौट गरी ९ हप्तासम्म अनलाइन माध्यमबाट प्रशिक्षण गराएको थियो । कोर्सको दौरान फिजिकल, टेक्निकल, ट्याक्टिकल, साइकोलोजिकल तैयारीको बारेमा बृहत् रूपमा पावरपोइन्ट स्लाइड र भिडियोद्वारा प्रशिक्षण गराइएको थियो । अन्य महत्त्वपूर्ण शीर्षक जस्तै पिरियोडाइजेसन, जनरल प्रीपेरेसन, स्पेस फिक प्रीपेरेसन, सेसन प्लानिङ, भिडियो एनालाइसिस, क्वान्टिटेटिव र क्वालिटेटिव एनालाइसिस, खेलाडीहरूको जलनेरे क्यारेक्टरि स्टिक्स, मेन्टल ट्रेनिङ, भिजुवल र ट्याक्टिकल रिसेप्सन, स्पेस टाइम रिसेप्सन, अडिटरी रिसेप्सन, टेक् टाइल रिसेप्सन, मेन्टल रिहर्सल, गोल सेटिन र प्लेयर इभालुएसन,एरोबिक र एनेरोबिक ट्रेनिङ, कोओर्डिनेसन र स्पिड ट्रेनिङ बारे विस्तृत रूपमा सिकाइएको थियो ।

विभिन्न शीर्षकको सात ओटै प्रश्नोत्तरको मूल्याङ्कनका आधारमा थापालाई अर्जेन्टीनी कोर्स कन्डक्टर एलेजान्द्रा गाबाग्लियोले सो कोचिङ कोर्स उत्तीर्ण भएको जानकारी जनवरीमै गराए पनि आइटीटीएफले आइटीटीएफ मेन्टरशिप प्रोग्राम २०२२ कोचिङ सर्टिफिकेट चाहिँ भर्खरै पठाएको हो ।

त्यसैसरि बिकेन थापा जर्मनीस्थित आइटीटीएफ फाउन्डेसनको यस वर्षको वर्ल्ड टेबुल टेनिस डे प्रमोटरका रूपमा छनौट भएका छन् । विराटनगर टेबुल टेनिस क्लबका अध्यक्ष समेत रहेका थापालाई फाउन्डेसनले खेल सामाग्री, टुल किट र ७२५ युरो समेत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।