मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मा मोन्टी देसाईले पाएका छन ।

देसाईलाई नै मुख्य प्रशिक्षकका रूपमा नियुक्त गर्न नेपाल क्रिकेट संघ (क्यान)ले सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ ।

क्यानले यसअघि नेपाली टिमको प्रशिक्षकका आवेदन आह्वान गरेको थियो । त्यसमा २४ जनाले आवेदन दिएका थिए । जसमध्ये क्यानले पहिलो चरणमा पाँचजनासँग अन्तर्वार्ता लिएको थियो ।

क्यानले नेपाली टिमको प्रशिक्षकका लागि देसाईसँगै, अस्ट्रेलियाका डेभ वाट्मोर, न्युजिल्यान्डका ग्लेन पोकनल, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलंकाका धम्मिका प्रसादसँग अन्तर्वार्ता लिएको थियो ।

मनोज प्रभाकरले गएको मंसिरमा राजीनामा दिएपछि नेपाली क्रिकेट टिम मुख्य प्रशिक्षकविहीन बनेको थियो । प्रभाकरले नेपाली टिमको प्रशिक्षण सम्हालेको चार महिनामै जिम्मेवारी छोडेका थिए ।

आइतबार, ०८ माघ, २०७९, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page