विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबारसम्म देशभर ४२ हजार ५०४ जनामा डेंगी देखिएको छ। बुधबारसम्ममा ४१ हजार ७४३ जनामा डेंगी देखिएको थियो।
त्यस्तै, डेंगी संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ। गत साउनदेखि शुरू भएको डेंगीको संक्रमण देशका ७७ वटै जिल्लामा पुगेको छ।
चिसो बढ्दै गएकाले डेंगीको संक्रमण कम हुँदै जाने संक्रमण रोग विशेषज्ञहरूले बताएका छन्। तथापि, लामखुट्टेको टोकाइबाट जोगिन विज्ञहरूले आग्रह गरेका छन्।