विराटनगर । कोभिड –१९ संक्रमणबाट २ जना संक्रमितको मृत्यु भएको छ। ३४७ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३ हजार ८८८ जनामा गरिएको परीक्षणमा ३४७ जनामा संक्रमण पुष्टि भएको हो। ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपालमा कोभिड संक्रमितको सक्रिय संख्या ३ हजार नाघेको छ। ३ हजार १७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै २२ जना संक्रमित आइसियुमा, २ जना भेन्टिलेटरमा, १४२ जना संस्थागत आइसोलेशन र ३ हजार ३५ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।