यादवको मुटुको शल्यक्रिया गरिने

विराटनगर । पूर्वप्राध्यापक तथा लेखक रामरिझन यादवको मुटुकको शल्यक्रिया हुने भएको छ । एक हप्ताअघि विराटनगर ८ आफ्नै निवासमा हृदयघातबाट सिकिस्त भएका ६४ वर्षीय यादवको काठमाडौंको टिचिङ अस्पतालमा मुटुको ‘ओपनहर्ट सर्जरी ’ शल्यक्रिया हुने भएको हो ।

पारिवारले दिएको जानकारी अनुसार विराटनगरमा उपचार संभव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो ।

बिहीबार नै चिकित्सकहरुले उनको मुटुको शल्यक्रिया गर्ने परिवारले जनाएको छ । यादव महेन्द्र मोरङ क्याम्पसका पूर्वप्राध्यापक र पूर्वपत्रकारसमेत हुन् । उनी मधेश र मधेशी सँस्कृतिक संरक्षक मात्रन भएर समाज सुधार अभियन्ताका रुपमा पनि चिनिन्छन् ।

यादवले हालसम्म एक दर्जन बढी पुस्तकहरु लेखिसकेका छन् । सिरहा मुल घर भएका बुद्धिजीवी लेखक यादव जनता समाजवादी पार्टीका केन्द्रीय नेता पनि हुन् ।

शुक्रबार, ३१ असार, २०७९, बिहानको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर