विराटनगर । विराटनगर – ५ मुनालपथस्थित किड्स भिलेजमा अध्ययरत ८० जना विद्यार्थी दिक्षित भएका छन् । विराटनगरस्थित आरोहण गुरूकुलमा शनिबार एक कार्यक्रम आयोजना गरि ८० जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो ।

युकेजीबाट कक्षा १ मा उत्तिर्ण हुने विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरि दिक्षित गरिएको किड्स भिलेजका संचालक माधव प्रसाद खतिवडाले जानकारी दिए । कोभिडको १९ को कारणले अघिल्लो वर्ष उत्तिर्ण भएका विद्यार्थीहरूलाई दिक्षत गर्न नपाएका विद्यार्थीहरूलाइ पनि यहि वर्ष उत्तिर्ण भएका विद्यार्थीहरूलाई राखेर दिक्षित गरिएको थियो ।

दिक्षित भएका विद्यार्थीहरूलाई प्रमाणपत्र किड्स भिलेजका प्रिन्सिपल विजय दाहालले बितरण गरेका थिए । सोही अवसरमा कड्सि भिलेजका विद्यार्थीहरूले नाटक, नृत्य गीत प्रस्तुत गरि सहभागि भएका अभिभावहरुलाई मनोञ्जन प्रदान गरे । ४०० जना अध्ययरत रहेको किड्स भिलेजमा पूर्ण मन्टेश्वरी पद्धतीबाट पठनपाठन हुने गरेको छ । कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढोथीका रहेका थिए । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावकको मन जित्नुपर्ने सुझाब दिए ।