लण्डनमा मन्त्री कार्की : बुद्ध जन्मस्थानबारेका भ्रम अन्त्य भए

लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् ।

बेलायतको लण्डनस्थित सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै कार्कीले बुद्ध पूर्णिमाका दिन बुद्धभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति र मन्तव्यले गौरवान्वित भएको बताए ।

बुद्ध पूर्णिमाका दिन भारतीय प्रधानमन्त्री बुद्ध जन्मस्थल लुम्बिनी आएर पूजा र ध्यान गरि बुद्ध नेपालमै जन्मिएको सन्देश दिनुलाई मन्त्री कार्कीले अन्त्यहीन लडाईं जितेको रुपमा उल्लेख गरे । विश्वका कतिपय पर्यटकहरुमा बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम रहेकोमा अब त्यो हटेको उनको भनाइ छ ।

मन्त्री कार्कीले विदेशमा बसेका नेपालीहरुलाई महिनाको एक दिन देशका लागि बुद्धको दूत बनिदिन आग्रह गर्दै प्रधानमन्त्रीको सकारात्मक सफलताबारे अनभिज्ञ रहनु र देशले विजय गरेको कुरा महत्व नदिनु बिडम्बना भएको बताए । बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा लन्डनको ट्राफल्गर स्क्वायरमा गरेको बुद्धजयन्ती कार्यक्रमको यो पाँचौं संस्करण हो ।

मङ्गलबार, १० जेठ, २०७९, बिहानको १०:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर