संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको मुद्दामा सुनुवाइ  

काठमाण्डौ । संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्ति खारेजीको माग गर्दै दायर रिटमाथि सुनुवाइ भइरहेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ जारी छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका थिए  ।

यसअघि २०७८ भदौ १७ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएपछि मुद्दा अघि बढ्न सकेको थिएन ।

बुधबार, ०९ चैत, २०७८, दिउँसोको ०२:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर