लोड हुँदैछ...

मेनु

ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

काठमाडौं । ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ पुगेको छ । बाढीका कारण हजारौँ नागरिक प्रभावित भएका छन् ।रियो दि जिनेरियोको उत्तरतर्फ पर्ने पहाडी सहरमा केही समय अघि दशकौँपछि ठूलो मुसलधारे वर्षा भएको थियो।

महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा क्षति भएको जलवायु विज्ञलाई उदृत गरी बीबीसीले जनाएको छ । हिलो मिसिएको भेल घरमा पसेको छ।

उद्धारकर्ताले पुरिएका मानिसलाई खोजिरहेका छन् । बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति भएका र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको पेट्रोपोलिस नगरप्रमुखको कार्यालयले जनाएको छ । बाढीका कारण पेट्रोपोलिस सहरमा आपत्काल घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।