प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका कोभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ ।

विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

प्रयोगशालाबाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या हुने भन्दै मन्त्रालयले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउन निर्देशन दिएको छ।

माघ १६, २०७८, दिउँसोको ०३:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर