लोड हुँदैछ...

मेनु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका कोभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ ।

विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

प्रयोगशालाबाहिर भएका परीक्षणको यकिन विवरण प्राप्त नहुँदा महामारी नियन्त्रणमा समस्या हुने भन्दै मन्त्रालयले जहाँ जोसुकैले परीक्षण गरेको भए पनि त्यसको विवरण पठाउन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds