विराटनगर । नेपाल को सबभैन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिर्ल्डलिकंले मासिक नौ सयमा ८० एमबिपीएस स्पिडको इन्टरनेट उपलब्ध गराउने जनाएको छ ।
विशेषगरि अनलाइन क्लास बस्नुपर्ने विधार्थीहरु लाइ सहुलियत होस् भनेर नया प्याकेज ल्याइएको वर्ल्ड्लिङ्कले जानकारी गराएको छ। यो प्याकेज लिने ग्राहकहरुले नेटटिभि साथै विराटनगरका दुइ सय तिस भन्दा ज्यादा स्थान साथै नेपालभरमा एघार हजार भन्दा ज्यादा स्थानमा रहेको माई वल्ड लिङ्क एस एस आईडी मार्फत चौबिसै घण्टा फ्री वाइफ़ाइको पनि सेवा लिन सकिने बताईएको छ।
हालै मात्र सबै उपभोक्ताको ब्याण्डविथ अपग्रेड गरेर ३०० एमवि पि एस सम्म उपलब्ध गराएको वर्ल्ड्लिङ्कले नेपालको ४३ प्रतिशत व्याण्ड्विथ ट्राफिक वहन गर्दै आएको छ।