विराट सांग्रीलाको साधारणसभाबाट अध्यक्षमा पुनः रुपेश अधिकारी चयन

विराटनगर । विराट सांग्रीला स्पोर्टीङ क्लब को साधारणसभा सम्पन्न भएको छ । शनिवार स्पार्क अस्पतालको प्राङगणमा सम्पन्न साधारण सभाबाट अध्यक्षमा पुनः रुपेश अधिकारीे चयन भएका छन् ।

अखिल नेपाल फुटवल संघ एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीको प्रमुख अतिथिमा सम्पन्न सााधारणसभाले २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश माधव भट्राई, काशिराज पराजुली र दिपेन्द्र थापा मगर निर्वाचित भएको क्लबका अध्यक्ष अधिकारीले बताए ।

सभाबाट आर्थिक वर्ष २०७८÷०७९ का लागि रु २४ लाख ४५ हजारको अनुमानित आयव्यय पारित गरिएको छ । ०७८÷०७९ मा क्लबले सी डिभिजन लिग र मोरङमा हुने जिल्ला लिगसमेत खेल्ने प्रस्ताव पारित गरेको उनले बताए । ६ जनाको सल्हाकार समिति समेत घोषणा गरिएको छ । जसमा पर्शुराम बस्नेत संयोजक, अरुण राठी, विकास चौधरी, नविन घिमिरे, अनन्तराज थापा र भोला सिलवाल रहेका छन् ।

शनिबार, १० पुष, २०७८, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर