काठमाडौं । आज देखि बङ्गलादेशमा सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीद्धारा श्रीलङ्का पराजित भएको छ ।
डिफेन्डिङ च्याम्पियन नेपालले श्रीलङ्कालाई तीन–दुईको सेटमा हरायो । लगातार दुई सेटमा पराजय भोगेको नेपाली टोलीले पछिल्ला तीन सेट जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तर तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा फर्कने सङ्केत गरेको थियो । चौथो सेट पनि २५–१९ ले नेपालले जितेपछि खेलको नतिजा अन्तिम पाँचौँ सेटबाट निकाल्न परेको थियो । पाँचौँ सेट नेपालले १५–१३ ले जित्यो ।
यस्तै आजै बेलुका पौने ५ बजे पुरुष टोलीले आयोजक बङ्गलादेशसँग खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।