प्रदेश २ मा लोसपाको अवरोधकैबीच दुई अध्यादेश पेश

विराटनगर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुद प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् ।

अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरोध गरेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुख सरोजकुमार यादवले त्यसपछिको बैठकमा भने विरोधकै बीच अध्यादेश पेश गर्न दिए ।

लोसपा सांसद परमेश्वर साहले आफूहरुको विरोधका बाबजुद अध्यादेश पेश गरिएको बताए ।

बुधबार, २९ मंसिर, २०७८, साँझको ०५:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर