माओेवादी केन्द्र प्रदेश १ अधिवेशन:

अध्यक्षका तीन जना आकांक्षी ब्याक, फेरि पनि तीन जनाको दावी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा दावी गरिरहेका तीन जना पार्टीका केन्द्रीय सदस्यहरुले आफ्नो दाबी छोडेका छन् ।

अध्यक्षका आकांक्षी रहेका सुरेशकुमार राई, ईन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दावी छाडेपछि अब केन्द्रीय सदस्य बाहेकबाट नयाँ नेतृत्व चयन हुने भएको छ ।

तीनै जना केन्द्रीय नेताले प्रदेश छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका शिबकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बोले दावी गरेका छन् । केन्द्रीय समिति सदस्यहरूले छोड्ने र प्रदेश सदस्यहरूबाटै नेतृत्व चयन गर्ने सहमतिसँगै माओवादीमा नयाँ तरङ्ग सिर्जना भएको छ ।

बुधबार, २९ मंसिर, २०७८, दिउँसोको ०२:०६ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर