लोड हुँदैछ...

मेनु

संगठनमा नवधनाढ्य हाबी हुन थालेको भन्दै एमाले युवा संघका २८ युवा नेताले दिए राजीनामा

संगठनमा नवधनाढ्य हाबी हुन थालेको भन्दै एमाले युवा संघका २८ युवा नेताले दिए राजीनामा

काठमाडौं । केपी ओली नेतृत्वको नेकपा एमालेमा मधेसका युवा बिच्किन थालेका छन् । एमाले पार्टी र संगठन निर्माणका लागि रगत पसिना बगाएकाहरु उपेक्षामा पर्ने तर नवधनाढ्यहरु हाबी हुने भन्दै जनवर्गीय संगठनबाट धमाधम राजीनामा ओइरिन सुरु भएको हो ।

सात प्रदेशमध्ये सबैभन्दा कमजोर देखिएको प्रदेश नम्बर दुईमा राष्ट्रिय युवा संघबाट एकैपटक २३ जना केन्द्रीय सदस्य र ५ जना युवा संघकै स्थायी कमिटी सदस्यले राजीनामा दिएका हुन् ।

दुई नम्बर प्रदेशमा रघुविर महासेठजस्ता नवधनाढ्य र अवसरवादीहरु हाबी भएको भन्दै उनको कार्यशैलीलाई लिएर एकै पटक युवासंघका २८ भाइले राजीनामा दिएको कागजात बाहिरिएको छ ।

जसमा युवा संघका केन्द्रीय उपाध्यक्ष तथा २ नम्बर प्रदेश इन्चार्जसमेत रहेका सञ्जीव झासहित छन् ।

यसरी राजीनामा दिनेहरुमा केन्द्रीय अनुशासन आयोगका दिनेश सिंह,केन्द्रीय सचिवालय सदस्यहरु ईद मोहम्मद साफी, अभिषेक अग्रवाल र राम उद्गार यादव छन् । यस्तै सोही प्रदेशका १९ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।

यसअघि राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय कमिटीमा रहेका राकेशराज गिरी,नरेश साह तुरहा,केन्द्रीय सदस्यत्रय निवेश कुमार,वीरवल कुशवाहा र संजय यादवले संयुक्त राजीनामा बुझाइसकेका छन् ।

२ नम्बर प्रदेशमा पार्टीका नेताहरु विधि र विचारविहिन,हुकुमी निकृष्ट ढंगले चलेको र जमिन्दारको पार्टी बनाउँदासमेत केन्द्रीय नेतृत्वले कुनै हस्तक्षेप नगरेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिनुपरेको झाले बताए ।

-जनआस्था

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।