लघुकथा : आमा भेटेनौं

 ममता मृदुल

म पॉच वर्षको हुँदा साउदी जानु भएको बुबा भनेको सुनेको धेरै भयो । सत्र वर्षको भएँ । घरमा आमा मात्र देख्छु । आमाले मन लागेका सामान आफन्तलाई दिएर खुसी पार्नु भएको छ । सर सापट सबै आमाको हातमा छ ! बुबालाई नदेखेको धेरै वर्ष भयो । प्रायः आमा मामाघर जानुहुन्छ । बिहान आठ बजेको छ । घरमा बहिनी र म मात्र थियौं । फोनको घण्टी बज्यो । मैले उठाए । बुबाले फोन गर्नु भएको रहेछ । घर आउने खबरले हामी खुसी भयौं । हामीले आमालाई फोन गरेको फोन लागेन । आएपछि सुनाउने भनेर बस्यौ । तीन दिनपछि बुबा एक्कासी घर आउनुभयो । आमा आउनु भएको थिएन । हामी खुसी भयौं ।

बुबाको अनुहार मलिन थियो । मैले आमालाई फोन गरे फोन उठेन । हामी सबै जना मामाघर जाउ भनेपछि बहिनीसमेत हामी मामाघर गयौं । आमा त्यहॉ हुनुहुन्न भन्ने सुनेर हामी छक्क पर्याे । आमा हराएको खबर प्रहरीमा दिएर आफन्तकोमा खोजी गर्याै । भेट्न सकिएन । बहिनी र म छक्क परेका थियौं । आमा कहिलेकाँही मामाघर जान्छु भनेर जानुहुन्थ्यो हामीले कहिले चासो लिएका थिएनौं । यसपाली बुबा आउनु भएकोले खोजी गरियो । सात दिनपछि प्रहरीले आमा भेटिएको सुचना दियो । हामी खुसी भएर चौकी गयौं तर हामीले त्यहॉ आमा भेटेनौ हर्के माइलाकी कान्छी श्रीमती भेटेर फर्कियौं ।

आइतबार, १० असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर