भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं । भारतविरुद्ध आज भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।

प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा भारतका फरुक चौधरीले गोल गरेका थिए । भारतकै सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे भने ८७ मिनेटमा नेपालका तेज तामाङले गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले बराबरी १–१ गोल गरेका थिए । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।

आइतबार, २० भदौ, २०७८, रातीको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर