विराटनगर । नेपाली सोसाइटी अफ तास्मानियाको सन् २०२१ को साधारण सभाबाट अध्यक्षमा विराटनगरका खगेन्द्र सत्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको सभाबाट अध्यक्षमा सत्याल, उपाध्यक्षमा मेघना राउत, सचिवमा बसन्त घिमिरे, कोषाध्यक्षमा डोल्मा शेर्पा निर्वाचित भएका हुन् ।
यस्तै सदस्यमा गायत्री पाण्डे, अनिल दंगाल, अनुज अधिकारी, विष्णु सापकोटा, पूर्णिमा श्रेष्ठ निर्विरोध चयन भएका हुन् । होबार्ट संचालित पाठशालाको आफ्नै पाठ्यक्रमको बिकास गरी स्तरिय बनाउने नवनिर्वाचित अध्यक्ष सत्यालले बताए ।
उनले भने, ‘हामीले संस्थापक अध्यक्षलाई सम्मान गर्ने, नेपाली भाषा कला संस्कृति प्रवर्धन गर्न, स्थानीय सरकारसँग समन्वय गर्ने, नेपाली समुदायका विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्ने योजना बनाएको छु ।’
सोसाइटीका निवर्तमान अध्यक्ष अभिनव आचार्यको अध्यक्षतामा शनिबार तास्मानियाको होबार्टमा सम्पन्न भएको छ । अध्यक्ष सत्याल एक बर्षे कार्यकालका लागि विजयी भएका छन् । निर्वाचन अधिकृत अर्जुन प्रसाईको रोहबरमा अध्यक्षको प्रत्यासीहरुको निर्वाचन गराइएको थियो ।