विन्डोज प्रयोगकर्तालाई सिस्टम अपडेट गर्न आग्रह, ह्याक हुनसक्ने खतरा

काठमाडौं । माइक्रोसफ्टले सबै विन्डोज प्रयोगकर्तालाई सिस्टम अपडेट गर्न आग्रह गरेको छ ।

विन्डोजमा गम्भिर किसिमको सुरक्षा कमजोरी देखिएपछि अपडेटमा ढिलाई नगर्न आग्रह माईक्रोसफ्टले आग्रह गरेको हो । कम्पनीले सुरक्षा कमजोरी समाधान गर्दै विन्डोजका लागि आपतकालीन सेक्युरिटी अपडेट जारी गरेको छ । विन्डोज अपडेट नगर्दा ह्याकिङको सिकार समेत हुन सकिने जनाईएको छ ।

यो अपडेटमार्फत विन्डोजमा प्रिन्टनाइटमेयर सेक्युरिटी सम्बन्धि समस्यालाई समाधान गर्न खोजिएको छ । यो समस्याको बारेमा एक अनुसन्धानकर्ताले गत हप्ता नै माईक्रोसफ्टलाई रिपोर्ट गरेका थिए ।

माईक्रोसफ्टले जतिसक्दो चाँडो विन्डोज अपडेट गर्न आग्रह गरेको छ । कम्पनीले ६ जुलाईका दिन सेक्युरिटी अपडेट जारी गरेको थियो । यसबाट सीभीई–२०२१–१६७५ तथा अन्य रिमोट कोड एक्जिक्युसन एक्सप्लोइटमा विण्डोज प्रिन्ट स्पुलर सर्भिसको सुरक्षा दिइएको छ ।

विन्डोज प्रिन्ट स्पुलरलाई नै प्रिन्टनाइटमेयर भन्ने गरिन्छ । गत हप्ता मात्र अनुसन्धानकर्ताले विन्डोजको प्रिन्टनाइटमेयरमा रहेको यस किसिमको कमजोरी फेला पारेका थिए । जसलाई उपयोग गरेर ह्याकरले रिमोट कोड एक्जिक्युसन गरी गलत गतिविधि गर्न सक्ने जोखिम छ ।

यसमार्फत ह्याकरले विन्डोज प्रयोगकर्ताको कम्प्युटरमा कुनै पनि प्रोग्रामलाई ईन्स्टल गर्न सक्छन् । यस बाहेक उनीहरूले एडमिनको अधिकार सहित नयाँ अकाउन्ट समेत बनाउन समेत सक्छन् ।

यसरी गर्नुहोस विन्डोज अपडेट
यदि तपाईं विन्डोज कम्प्युटर वा ल्यापटप प्रयोग गर्नुहुन्छ भने आफ्नो विन्डोज अपडेट गर्न कम्प्युटरको स्टार्ट बटन हुँदै सेटिङमा जानुहोस । अब त्यहाँ रहेको सेक्युरिटी एण्ड अपडेट हुँदै विण्डोज अपडेटमा जानुहोस । उपलब्ध अपडेटलाई डाउनलोड गरि इन्स्टल गर्नुहोस । इन्स्टल गरिसकेपछि तपाईको कम्प्युटर वा ल्यापटप रिस्टार्ट गनुर््होस ।

शुक्रबार, २५ असार, २०७८, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर