रेलमार्गका लागि १० अर्ब ३ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलदेखि काठमाडौं रक्सौल र केरूङ(पोखरा रेलमार्गका लागि सम्भाव्यता अध्ययन र जोगबनी(विराटनगरमा रेल चलाउने, जनकपुर जयनगरमा रेल चलाउने लगायतका योजना बनाएको छ।

बर्दिवासदेखि निजगढसम्म वित्तीय व्यवस्था गरी निर्माणलाई अगाडि बढाइनेछ।

रक्सौल(काठमाडौं र केरुङ(काठमाडौं रेलको अर्को वर्ष सम्भाव्यता अध्ययन सम्पन्न गरिने मन्त्री पौडेलले बताए। यी कामका लागि १० अर्ब बढि बजेट विनियोजन गरिएको हो।

शनिबार, १५ जेठ, २०७८, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर