विराटनगर । नेपाल सरकारले २०७६ साउनदेखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धमा जानकारी एवं कोषमा सूचिकरण, दावी भुक्तानीलगायतको जानकारी दिन उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोष सहजीकरण इकाइ सञ्चालनमा ल्याएको छ ।
सामाजिक सुरक्षा कोषको कार्यालयको समन्वयमा उपत्यकाबाहिर प्रथम पटक सामाजिक सुरक्ष्ाँ कोषको सहजीकरण इकाई सञ्चलनमा आएको हो ।
संगठनको सचिवालयमा रहेको इकाईले सामाजिक सुरक्षा योजनाहरु सम्बन्धि अभिमूखिकरण, उद्योग प्रतिष्ठान र श्रमिकहरुलाई सूचिकरण सम्वन्धि जानकारी उपलब्ध गराउनुका साथै रोगजारदाता र योगदानकर्ताहरुको सूचिकरणका लागि प्राविधिक सहयोग गर्नेछ । त्यसले सेवाग्राही र सामाजिक सुरक्षा कोष काठमाडौंबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उद्योग संगठनले जनाएको छ ।
त्यसैगरी दाबी भुक्तानीका लागि आवश्यक कागजात र प्रक्रियाको जानकारी, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्ष्ाँ योजना, आश्रित परिवार सुरक्षा योजनाको दाबीका लागि आवश्यक कागजातको प्रारम्भिक रुजु, वृद्ध अवस्था सुरक्षा योजना दावीका लागि प्रकृयाका साथै योजनाहरुको दाबी भुक्तानीको अवस्थाबारे पनि इकाईले सहजीकरण गर्नेछ ।
संगठनमा स्थापना भएको एकाईले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउन रोजगारदाता र श्रमिक वीच समन्य, सुरक्षा योजनाहरुको दावी भुक्तानीमा सम्वन्धमा रहेको अन्यौलता हटाई सामाजिक सुरक्षा कोषमा यस क्ष्ँेत्रका श्रमिकहरुको पहु“च स्थापित गर्न सहयोग पुग्ने संगठनले जनाएको छ ।
कार्यालयमा सामाजिक सुरक्षा कोषले प्राविधिक कर्मचारी महेश प्रधानलाई खटाएको छ ।