राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक सुनसरीमा खतिवडा

विराटनगर । राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक लिमिटेड अन्तर्गतको सुनसरी जिल्ला अध्यक्षमा केशव खतिवडा मनोनित भएका छन् ।

नेपाल बैंक लिमिटेड दुहबी शाखामा कार्यरत खतिवडाको नेतृत्वमा ७ सदस्यीय सुनसरी जिल्ला समिति निर्माण भएको हो । कार्यक्रममा राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंक लि.को प्रदेश १ अध्यक्ष शिव श्रेष्ठ तथा केन्द्रीय परिषद् अध्यक्ष पारस चौधरीलगायतको उपस्थिति थियो ।

शुक्रबार, १७ बैशाख, २०७८, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर