लकडाउन नगर्न विराटनगरका उद्योगी व्यवसायीको दवाव

अस्पतालको क्षमता बढाउ, लकडाउन नगर !

विराटनगर । उद्योगी व्यवसायीहरुले कोरोना रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा र लकडाउन अन्तिम विकल्प नभएको भन्दै अन्य विकल्पबाट समाधान खोज्न सुझाएका छन् । उनीहरुले संक्रमण भए उपचारका लागि अस्पतालको क्षमता बढाउनु पर्ने सुझाव सरकारलाई दि“दै निषेधाज्ञा वा लकडाउन भने नगर्न आग्रह गरेका हुन् ।

शुक्रबार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, विराटनगर व्यापार संघ, नेपाल उद्योग परिसंघ लगायतका संघ संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरि स्वास्थ्य मापदण्डको पालना, स्वास्थ्य क्षमता विस्तार र खोप कार्यक्रममा जोड दिनेतर्फ सरकार गम्भीर हुनुपर्ने बताएको हो ।

गत वर्षको अनुभवबाट पनि निजी क्षेत्रले निषेधाज्ञा र लकडाउन धान्न नसक्ने जिकिर गर्दै सरकारले ५०० भन्दा धेरै संक्रमित हु“दा नियन्त्रणका लागि निषेधाज्ञा गर्न दिएको निर्देशन उल्लंघन गर्न जिल्ला प्रशासन कार्यालयलाई दवाव दिएका हुन् ।

सञ्चार माध्यमलाई प्रतिकृया दि“दा निषेधाज्ञा जारी गर्न ढिला भइसक्यो र कुनैपनि बेला अवस्था भयावह हुनसक्छ भन्ने गरेका उद्योगी प्रतिनिधिहरुले प्रेस विज्ञप्ति जारी गर्दा भने निषेधाज्ञा अन्तिम विकल्प मात्र भएको धारणा सार्वजनिक गरेका हुन् ।

जारी प्रेस विज्ञप्तिमा अक्सिजनको सिलिण्डर अभाव हुन नदिन छिमेकी चीन वा भारतबाट हवाई मार्ग प्रयोग गरी सिलिण्डर आपूर्ति गर्न पहल गर्नुपर्ने, प्रकृयागत ढिलाासुस्ति नहुने गरी भ्याक्सिन खरिद गरी संक्रमणबाट जोगाउने उपाय खोज्न भनिएको छ । संघीय सरकारल गरेको निषेधाज्ञाको अवधिमा उद्योगी, व्यवसायी, मजदुर, कर्मचारी र सर्वसाधारणलाई भ्याक्सिन लगाउने व्यवस्था अविलम्ब गर्न पनि उनीहरुले माग गरेका छन् ।

भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई सीमा क्षेत्रमै स्वास्थ्य परीक्षण गर्न र होल्डिङ सेन्टरमा राखेरमा घर जाने व्यवस्था मिलाउन पनि उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् । सीमा क्षेत्रबाट लुकिछिपी भइरहेको आवतजावतलाई पूर्णरुपमा रोकथाम गरी जनस्वास्थ्यप्रति गम्भीर हुन पनि उनीहरुले सरकारस“ग माग गरेका छन् ।

बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले व्यापारीहरुले कालाबजारी गर्नका लागि लकडाउन खोजेको आरोप लगाउदै संचार माध्यमलाई प्रतिकृया दिएका थिए । शुक्रबार व्यवसायिक संघ संगठनहरुले प्रेस विज्ञप्ति जारी गरेर उनीहरुले त्यस्तो आरोपको खण्डन गरेनन् बरु प्रमुख जिल्ला अधिकारीस“गै भाका मिलाउ“दै संक्रमण फैलालिएर अस्पतालको क्षमता बढाउनु पर्ने भन्ने उल्टो सुझाव दिएका हुन् ।

मोरङमा शुक्रबारसम्म ११ सय जना भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेको छ भने दिनहु“ संक्रमित हुनेहरु बढ्दै गएका छन् । संक्रमणको दरपनि तिब्रगतिबमा बढिरहेको सन्दर्भमा प्रदेश सरकारका सामाजिक विकास मन्त्रीस्वयंले अवस्था जटिल र गम्भीर बन्ने खतरा रहेको भन्दै नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउदै आएका छन् । तर, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय मोरङले भने त्यस विषयमा आवश्यक गम्भीरता नदेखाएको गुनासो जनस्तरमा सुनिन थालेको छ ।

शुक्रबार, १७ बैशाख, २०७८, दिउँसोको ०४:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर