मल्टीब्राण्ड सर्भिसका लागी स्पिड फोर्स

विराटनगर । हरेक ब्राण्डका दुईचक्के सवारीसाधनहरुको भरपर्दो सर्भिसका लागी विराटनगरमा स्पिड फोर्स सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।

विराटनगर-४ स्थित बरगाछी उत्तर आईतबारदेखि सो सर्भिस सेन्टर सञ्चालनमा आएको हो । हरेक ब्राण्डका दुईचक्के सवारीसाधनहरुको सर्भिसिङ र स्पेयर पार्टसहरु एकैठाउँमा उपलब्ध गराउने लक्ष्यका साथ कुल १५ लाखको लगानीमा सो सर्भिस सेन्टर सञ्चालनमा ल्याईएको हो । हाल नेपाली बजारमा आईरहेका एडभान्स फिर्चसका बजाज, टिभिएस, हिरो, होन्डा र बुलेट लगायतका बाईकहरुको गुणस्तरीय सेवा र एकल समाधानका लागी स्पिड फोर्स सञ्चालनमा ल्याईएको सर्भिस सेन्टरका सञ्चालक प्रशान्त तातेडले बताउनुभयो ।

पिक अप एण्ड ड्रप, बिमा नवीकरण, टु व्हीलर रि सेल, फ्री आयल चेन्ज, स्पेयर पार्ट्सहरुमा बिशेष छुट र वार्षिक मर्मत लगायतका प्याकेजहरु सहित सर्भिस सेन्टर सञ्चालनमा ल्याईएको उहाँले जानकारी दिनुभयो । विभिन्न ब्राण्डका बाईकहरुका लागी विभिन्न सर्भिस सेन्टर भौतारिनुपर्ने बाध्यतालाई अन्त्य गर्न स्पिड फोर्स प्रभावकारी साबित हुने उहाँको भनाई छ ।

सर्भिस सेन्टरबाट प्रवाह हुने सेवालाई थप भरपर्दो बनाउन कम्पनीले स्पिड फोर्स नामक एन्ड्रोईड एप पनि सञ्चालनमा ल्याएको छ । एप मार्फत बाईक सर्भिसको नोटिफिकेशन र यसअघि बाईकमा गरिएका मर्मतको पुर्ण विवरण हेर्न सकिने जनाईएको छ । एप प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

हाल सर्भिस सेन्टरमा प्रिमियम बाईकहरुका लागी रेडिएटर फ्लस, क्लिन एण्ड एडजस्ट ड्राईभ चेन, ब्रेक प्याड ईन्स्टलेशन, ब्रेक आयल टप-अप, पेन्ट रिस्टोरेशन, स्क्रयाच रिमुभल, प्रिमियम व्याक्स र मोटरसाईकल डायग्नस लगायतका सेवाहरु पनि उपलब्ध रहेको जानकारी दिईएको छ । सर्भिस सेन्टरबाट भरपर्दो सेवा प्रवाहका लागी ४ जना हेड मेकानिक र ३ जना हेल्पर गरि ७ जना प्रशिक्षित प्राविधिक जनशक्तिकोे व्यवस्था समेत गरिएको जनाईएको छ ।

आइतबार, १२ बैशाख, २०७८, रातीको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर