रग्वी संघ मोरङको अध्यक्षमा युवा नेता सुनवार

विराटनगर  । नेपाल रग्वी संघ मोरङमा गठन भएको छ । संघको अध्यक्षमा युवा नेता कपिल सुनवार चयन भएका छन् । सुनवार नेकपा माओवादी केन्द्र मोरङका युवा नेता हुन् ।
रग्वी खेलको विकास र प्रर्वद्धन गरि खेलकुद क्षेत्रको विकासमा अगाडी बढने अध्यक्ष सुनवारले बताए । संघको उपाध्यक्षमा सुनिल देव, सचिव ज्योती अधिकारी, कोषाध्यक्ष उदय यादव र सह–कोषाध्यक्ष आसीका लम्साल रहेकी छिन् ।
संघको अन्य सदस्यहरुमा दिपक पाण्डे, मो सोनु, कुशल पाण्डे, खगेन्द्र आचार्य, नवराज विष्ट, राजेश राजवंशी, विनोद सिंह र बसन्त विश्वकर्मा रहेका छन् । २७ माघको नेपाल रग्वी संघ केन्द्रको निर्णाय अनुसार रग्वी खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला र प्रदेश गठन गर्ने निर्णाय भएको थियो । सोही निर्णाय अनुसार मोरङमा रग्वी संघ गठन भएको हो । नेपाल रग्वी संघ प्रदेश १ का अध्यक्ष किरण गिरिको उपस्थितमा मोरङमा रग्वी संघ गठन भएको हो ।

बिहिबार, ०९ बैशाख, २०७८, साँझको ०५:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर