लोड हुँदैछ...

मेनु

रोमाञ्चक मोडमा भारत र इंग्ल्याण्डबीचको टि–२० श्रृंखला

रोमाञ्चक मोडमा भारत र इंग्ल्याण्डबीचको टि–२० श्रृंखला

काठमाडौं । इंग्ल्यान्डविरुद्धको चौथो टी–२० खेलमा घरेलु टिम भारत विजयी भएसँर्गै श्रृंखला रोमाञ्चक मोडमा पुगेको छ ।

बिहीबार राति भएको चौथो खेलमा इंग्ल्यान्डमाथि ८ रनको रोमाञ्चक जित हात पारेसँगै भारतले सिरिजमा २–२ को बराबरी गरेको छ। अब शनिबार हुने पाँचौ खेल निर्णायक हुने भएको छ।

बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १८५ रन जोड्यो।

भारतका लागि सूर्यकुमार यादवले ५७ रन जोडे। उनले ३१ बलमा ६ चौका र ३ छक्का हिर्काए।

रिशव पन्तले ३० रन र श्रेयस इयरले ३७ रनको योगदान दिए। बलिङमा इंग्ल्यान्डका जोफ्रा आर्चरले ४ विकेट लिए।

१८६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन मात्र जोड्न सक्यो।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले ४६ रन जोड्दा ओपनर जासन रोएले ४० रन बटुले। जोफ्रा आर्चरले नटआउट १८ रन जोडेका थिए।

बलिङमा भारतका शार्दूल ठाकुरले ३ विकेट लिए। हार्दिक पाण्ड्या र राहुल चाहरले २(२ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।