राजा विराट टी–२० क्रिकेट टुर्नामेन्ट शुरू

विराटनगर । विराटनगर १८ स्थिट झटिहाईमा बुधबारबाट टी–२० राजा विराट कप प्रथम नकआउट क्रिकेट टुर्नामेन्ट शुरू भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक औपचारिक समारोहबीच क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

राजा विराट कप प्रथ नकआउट क्रिकेट टुर्नामेन्ट झटियाहीको स्थानीय खेल मैदानमा सुरु भएको हो । प्रतियोगितामा विभिन्न १६ टिम सहभागी छन् । टुर्नामेन्ट उद्घाटन गर्दै प्रमुख पराजुलीले महाभारतकालीन राजा विराटले शासन सञ्चालन गरेको तथ्यहरुले पुष्टि गरेको र उनकै नाममा खेलकुद प्रतियोगिता हुनु सकारात्मक रहेको बताउनुभयो । ऐतिहासिकता प्रवद्र्धनका लागि खेलकुद प्रतियोगिता महत्वपूर्ण हुने उहाँको विश्वास थियो ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, मोरङका अध्यक्ष राजकुमार यादवले विराट राजा दरबार क्षेत्र ऐतिहासिक भएको बताउँदै त्यस क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालन गर्न महानगरले ध्यान दिनुपर्ने बताउनुभयो । खेलकुदका माध्यमबाट पनि यस क्षेत्रको प्रवद्र्धन गर्न सकिने भन्दै आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

झटियाही युवा क्लबको आयोजनामा प्रतियोगिता शुरु भएको हो । क्लबका अध्यक्ष देवराज पञ्जियारले स्थानीय स्तरमा खेलकुद विकासमा टेवा पुर्याउन र खेलाडीमा उत्साह जगाउनेछ उद्देश्यले प्रतियोगिता शुरु गरेको बताउनुभयो । विराटनगर १५ का वडा अध्यक्ष असलम आलमले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने र विराट दरबार क्षेत्र भेगको गहना भएको बताउनुभयो ।

बिहिबार, २० फागुन, २०७७, बिहानको १०:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर