पाँचौ अन्तरार्ष्ट्रिय शरणार्थी च्यालेन्ज कप सुरु

पथरी । सेक्टर आई फ्यामिली पाँचौ अन्तरार्ष्ट्रिय आमन्त्रित नक आउट शरणार्थी च्यालेन्ज कप २०२१ आजदेखि सुरु भएको छ।

आजको उद्घाटन खेलमा पथरीशनिश्चरे फुटबल क्लबलाई ३–१ ले पाखा लगाउँदै दुधे युथ क्लब झापा विजयी भएको छ । खेलको ७ औं मिनेटमा दुधे युथ क्लबका श्याम मुर्मुको फ्री किकको मद्दतमा सोही क्लबका सनम राईले पहिलो गोले गरे ।

त्यसैगरी २३ औं मिनेटमा पथरिशनिश्चरे फुटबल क्लबको फल्टमा पाएको पेनाल्टीमा दुधेका सनम राईले गरेको प्रहारले जाली चुम्दै खेल २–० मा पुग्यो। त्यसैगरी पहिलो हाफको अतिरिक्त समयमा दुधे युथ क्लबका श्याम मुर्मुले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत गर्दै आफ्नो क्लबलाई ३–०को अग्रता प्रदान गरे ।

यता पथरी फुटबल क्लबले भने खेलको ५७ औं मिनेटमा सन्तोष गुरुङले एक मात्रै सान्त्वना गोल गर्न सफल रहे । आजको खेलको म्यान अफ द म्याच दुधे युथ क्लब झापाका सनम राई घोषित हुँदै नगद २५ सय रुपैयाँ प्राप्त गरे ।

शनिबार (भोली) टेन नवोदय र उर्लाबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टोलिले ५१ हजार रुपैयाँ साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मोरङको पथरी शनिश्चरे १० मा रहेको भूटानी शरणार्थी शिविरको यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा भएको यो प्रतियोगितामा विभिन्न १४ वटा टिमको सहभागीता रहेको छ । जसमा दुधे फुटबल क्लब झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बिवाईसि बेलडाँगी, एफएफसी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब लेटाङ फुटबल क्लब र आयोजकको २ वटा टिम रहेका छन् ।

प्रतियोगिताका सबै खेल पथरीशनिश्चरे १० मा रहेको शरणार्थी रंगशालामा हुनेछ ।

शुक्रबार, ०२ माघ, २०७७, साँझको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर