विराटनगर । नेपालसहित विश्वका १ सय २२ देशमा विद्यार्थीमाझ आयोजना भइरहेको हल्ट प्राइज २०२० को विराटनगरको मेरिल्याण्ड कलेजका वल्भरह्याम्टन विश्वविद्यालयका बिबिएमका विद्यार्थीहरुले अनक्याम्पस कार्यक्रम सम्पन्न गरेका छन् ।
कलेज परिसरमा शनिवार आयोजना भएको फिनालेमा कलेजका १२ वटा टिमले प्रतिस्पर्धा गरेकोमा बिज स्कवाड टिम प्रथम भएको थियो भने दि चर्मस दोनो तथा इलिमुनेट टिमले तेस्रो स्थान प्राप्त गरेका थिए। कार्यक्रममा उद्योगी महेश जाजु, प्रकाश मुन्दडा, प्राइम बैंकका प्रदेश १ प्रमुख डिमन श्रेष्ठ, अर्थशास्त्री डा.पीके झा निर्णयकको रुपमा रहेका थिए। प्रतियोगिताको बिजेता टिमले रिजनल प्रतियोगितामा सामेल हुन जानेछन् भने दोश्रो र तेस्रो स्थानमा रहने टिमले नगद पुरस्कार पाउनेछन् ।
युवाहरुलाई सामाजिक उद्यमशिलाता क्षेत्रमा उत्प्रेरणा दिने उद्देश्यले हल्ट फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा विजेता हुने टिमले १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने हल्ट प्राइजका कलेज निर्देशक रोनक आग्रवालले बताउनुभयो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।