लोड हुँदैछ...

मेनु

कोशी किनारमा ट्युबमा बाँधेर राखिएको १६८ किलो गाँजा बरामद

कोशी किनारमा ट्युबमा बाँधेर राखिएको १६८ किलो गाँजा बरामद

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी नदी किनारबाट प्रहरीले १६८ किलोग्राम गाँजा बरामद गरेको छ।

ट्युबमाथि बाँसमा बाँधेर नौवटा प्लास्टिकका बोरामा लुकाइ राखिएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको हो।

विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान गाँजा बरामद गरेको हो । नियमित गस्तीका क्रममा उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार कोशी नदी किनारमा ट्युबमाथि बाँसमा बाँधेर राखिएको अवस्थामा नौवटा प्लास्टिकका बोराभित्र १६८ किलोग्राम गाँजा फेला परेको थियो। बरामद गाँजालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाँजा तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीकार्यलाई तीव्र पारिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।